१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एपिएफविरुद्ध त्रिभुवन आर्मीकी खेलाडी बल अघि बढाउँदै । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

राष्ट्रिय महिला लिग : पहिलो खेलमा एपिएफ विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४३:oo

दोस्रो राष्ट्रिय महिला लिगको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी विजयी भएको छ । चितवनको भरतपुरमा बिहीबार सुरु भएको महिला लिगको पहिलो खेलमा साविक विजेता एपिएफले त्रिभुवन आर्मीलाई २–१ ले पराजित गर्दै विजयी बनेको हो ।

एपिएफको जितमा कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरिन् । आर्मीको तर्फबाट रश्मि गुरुङले एक गोल गरिन् । पहिलो हाफ फितलो बनेको खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो ।

पहिलो हाफमा गोलको अवसर सिर्जना गर्न नसकेका दुवै टिमले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेका थिए । ५२औँ मिनेटमा एपिएफकी डिफेन्डर मनमाया लिम्बूले डिबक्समा ह्यान्ड गरेपछि उक्त अवसरको सदुपयोग गर्दै  रश्मिले बललाई जाली चुमाएकी थिइन् । तर, आर्मीको यो अग्रतालाई खेलको ५७औँ मिनेटमा एपिएफकी कप्तान रेनुकाले गोल फर्काएपछि खेल बराबरी भयो । त्यसपछि ८१औँ मिनेटमा फर्वार्ड अनिता बस्नेतले फ्रिकिकमा गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् ।

खेलमा विवाद
अनिताको फ्रिकिक गोलकिपर अन्जनाले रोके पनि रेफ्रीले गोल दिएको भन्दै आर्मीले मैदान छोडेको थियो । यही कारण केहीबेर खेल रोकिएको थियो । एन्फासँगको छलफलपछि आर्मी खेल्न सहमत भएको थियो । बाँकी समयमा थप गोल हुन सकेन र एपिएफ २–१ ले विजयी भयो । खेलको प्लेयर अफ दी म्याच एपिएफकी कप्तान रेनुका भइन् । 

शुक्रबार (आज) तीन खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ भने दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुरबीच हुनेछ । यस्तै, तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ ।

यसपटक लिगको पहिलो चरणका खेल चितवनको भरतपुरमा आयोजना गरिएको हो । डबल राउन्ड एन्ड रोविनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेल भरतपुर–१९ स्थित सारदानगर खेल मैदानमा हुनेछ । पहिलो चरणका खेल ३० चैतसम्म हुनेछ । दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ ।

विजेता टिमलाई २० लाख
लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ पाउँनेछ । तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राइकरले समान ५०–५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ दी म्याचले दश हजार प्राप्त गर्नेछन् । खेलको पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । 

ad
ad