१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तीनवटै निर्वाचनमा गठबन्धन हुन्छ : प्रचण्ड    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:१५:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले आगामी निर्वाचनमा गठबन्धन हुने बताएका हुन् ।

प्रचण्डले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरूबीचमा गठबन्धन हुने बताए । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि, गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय निर्वाचनसम्म पनि रहन्छ ।’  

यता, कांग्रेस चितवनका  नेताहरूले भरतपुर महानगरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन् ।’   

भरतपुर महानगरपालिकामा रेनु दाहाल प्रमुख छिन् । यसअघि  कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र रेनुलाई दोहोर्‍याउने जनाउँदै आएको छ ।  कांग्रेसले गठबन्धन भएमा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने बताउँदै आएको छ ।  प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् ।

ad
ad