मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Saturday, 22 March, 2025
नयाँ पत्रिका देवेन्द्र पौडेल
२o७८ चैत ९ बुधबार १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षा क्षेत्र सुधार्न सके अन्य क्षेत्रहरू स्वतः सुध्रिन्छन् : मन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, देवेन्द्र पौडेल
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार १६:o५:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरूमा सुधार आउने धारणा राखेका छन् । बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को १५औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वतः सुधार हुने बताएका हुन् । उनले देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको बताए ।

‘स्वास्थ्य र शिक्षा भनेको संविधानले लेखेअनुरूप नागरिकले प्राप्त गर्ने मौलिक हकको रूपमा सूचीकृत भएको विषय हो,’ मन्त्री पौडेलले भने, ‘यो शिक्षालाई हामी सेवामूलक, राष्ट्र निर्माण गर्ने, समृद्धि निर्माण गर्ने, सक्षम नेपाली निर्माण गर्ने एउटा अभियानको रूपमा प्रयोग गर्न सक्यौँ, शिक्षालाई सुधार गर्न सक्यौँ भने देशका अरू क्षेत्रहरू स्वतः सुध्रिन्छन् । यही कुरामा हामी अगाडि बढ्नु छ ।’

शिक्षामा सुधार गर्ने देशहरूले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको उनको  भनाइ थियो । शिक्षालाई सीपमा बदल्न सक्ने र सीपलाई रोजगारीमा बदलेर शिक्षा, सीप र सिकाइलाई समृद्धिसँग जोड्नुपर्ने उनको भनाइ थियो । 

मन्त्री पौडेलले शिक्षामा संरचनागत र नीतिगत सुधार आवश्यक रहेको भन्दै त्यसको सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताए ।