मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ९ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार १o:१४:oo

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौंंमा बस्दै छ ।

बबरमहलस्थित एक ब्यांक्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् ।

बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी  दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत ७ गते सम्पन्न पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो ।