१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
२०७८ चैत ८ मंगलबार १७:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारमा सहभागी हुन छलफल चलिरहेको छ : महन्थ ठाकुर

Read Time : < 1 मिनेट
२०७८ चैत ८ मंगलबार १७:५८:००

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आग्रह गरेको र छलफल चलिरहेको बताएका छन् ।

मंगलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले सरकारमा सहभागी हुन नागरिकता समस्या समाधान र मधेस आन्दोलनका क्रममा नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने बताए ।

ठाकुरले संसद्को आगामी अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने वचन प्रधानमन्त्रीले दिएको पनि जानकारी गराए । उनले सरकारले आफूहरूको मागलाई ठोस रूपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै सरकारमा सहभागी हुने बताए ।

ठाकुरले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनै पनि दलसँग गठबन्धनको विषयमा सहमति नभएको बताए ।