मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ८ मंगलबार १७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचनमा गठबन्धन गरेर कम्युनिस्ट एकताको आधार बनाउनुपर्छ : घनश्याम भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार १७:३४:oo

एमाले नेता घनश्याम भुसालले नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा भुसालले नेपालका कम्युनिस्ट पार्टीहरूबीचमा सैद्धान्तिक र वैचारिक मतभिन्नता नरहेकाले पार्टी एकता गर्नुपर्ने बताएका हुन् । 

उनले विशेषगरी विगतमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बाट विभाजन भएका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुपर्नेमा उनले जोड दिए । भुसालले कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्न सके देशको लोकतन्त्र बलियो हुने दाबी गरे । 

उनले विगतमा पार्टी विभाजन हुनुमा सबैको भूमिका रहेको भन्दै सबैले आत्मालोचना गरेमा तत्कालका लागि स्थानीय तह निर्वाचनमा वामगठबन्धन गर्न सकिने बताए । आसन्न स्थानीय तह निर्वाचनमा वामगठबन्धन गरेर पार्टी एकताका लागि आधार तयार गर्नुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नुपर्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने भनेको नेपालको लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउने हो । हाम्रो लोकतन्त्रलाई बलियो बनाउने हो । वामपन्थलाई बलियो बनाउने हो । कम्युनिस्ट आन्दोलनमा गएको एक वर्षमा जे समस्याहरू आए र ती समस्याका कारणले जसरी कम्युनिस्ट आन्दोलन विभाजित भयो । विभाजनमा पदअनुसार हामी सबै जिम्मेवार छौँ भन्ने मात्रै महसुस भयो भने एकतामा समस्या हुँदैन ।’

भुसालले नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन भन्ने विगतको अनुभवहरूबाट बुझिसकिएको भन्दै आगामी एकता भने नेताहरूको निजी स्वार्थमा टेकेर गर्नुनहुने बताए ।