१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ८ मंगलबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसियन टेलिकम अवार्डको दुई विधामा एनसेल सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ८ मंगलबार ०७:५९:००

एनसेल आजियाटा लिमिटेड दुईवटा सम्मानबाट सम्मानित भएको छ । कम्पनीले उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापना गरेको भन्दै ‘एसियन टेलिकम अवार्ड २०२२’को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको हो ।  

सिंगापुरको ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । यस अवार्ड कार्यक्रमले एसियाका दूरसञ्चार कम्पनीका उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्ने गरेको जनाइएको छ । यस अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको एनसेलले जनाएको छ । 

कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरेका थिए । बजारमा विभिन्न चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासिफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड–१९ को महामारीमाझ देशभर विभिन्न आमसञ्चारमाध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएबापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको जनाइएको छ । 

एसियन अवार्डका दुई विधाबाट सम्मानित हुन पाएकोमा कम्पनीले गौरवान्वित र हर्षित भएको जनाएको छ । सम्मानले देश र जनताका लागि कम्पनीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको जनाइएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘हाम्रा उपलब्धिहरू हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन् । म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु ।’