१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण ३० सोमबार १९:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा बर्डफ्लु पुष्टि

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ३० सोमबार १९:१३:००

मकवानपुरमा बर्डफ्लु पुष्टि भएको छ । भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको जिल्ला पशु सेवाविज्ञ केन्द्र हेटौँडाले जनाएको छ । केन्द्रका प्रमुख डा.बज्रकिशोर ठाकुरले कुखुरा धमाधम मर्न थालेपछि थिङले कुखुरा पालेको खोरमा ल्याब परीक्षण गर्दा बर्डफ्लु ‘एच फाइभ एन वान’ संक्रमण पुष्टि भएको बताए ।

थिङको खोरमा टर्की ४३, लोकल कुखुरा १८, लौकाट ६, बोइलर १४ र परेवा २० वटा मरिसकेका ठाकुरले जानकारी दिए । ‘कुखुरा मरेपछि हामीले २८ फागुनमा ल्याब परीक्षण गर्न काठमाडौंस्थित पशु रोग अन्वेषण प्रयोगशालामा नमुना पठाएका थियौँ । त्यहाँबाट हामीलाई बर्डफ्लु पुष्टि हुने रिपोर्ट प्राप्त भएको छ, अब हामी कुखुरा नष्ट गर्नेछौँ ।’उनले भने । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बर्डफ्लु नियन्त्रण समितिमार्फत नियन्त्रणको प्रयास अघि बढाइसकेको बताए । उनले संक्रमण देखिएको स्थानमा टोली खटाएर काम अघि बढाइसकेको प्रतिक्रिया दिए । मकवानपुरमा तीन वर्षअघि पनि बर्डफ्लु देखिएको थियो ।