१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १८ मंगलबार o७:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

१८ महिनाकी नाबालिकाको बलात्कारपछि हत्या

बलात्कार आरोपमा दाजुभाइ पक्राउ

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:१२:oo

मोरङको सुन्दरहरैँचामा डेढ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । हत्या आरोपमा प्रहरीले २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । सुन्दरहरैँचा नगरपालिका– ७ गणेशपुरकी १८ महिनाकी नाबालिकालाई चौधरी दाजुभाइले सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । 

२७ फागुनमा अपराह्न साढे ५ बजेतिर घरबाट हराइरहेकी १८ महिनाकी ती बालिका साढे ६ बजे घरनजिकै बनमारा र बयरको झाडीभित्र फेला परेकी थिइन् । अचेत अवस्थामा फेला परेकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएकोमा राति साढे १२ बजे मृत्यु भएको थियो । 

बेहोस अवस्थामा भेटिएकी नाबालिकाको सुरुवाल खोलिएको, यौनांग रक्ताम्मे र टाउको सुन्निएको अवस्था थियो । उनको बलात्कार भएको शंका लागेर मोरङ प्रहरीले परीक्षण गर्न बिपी स्वास्थ्य प्रतिष्ठानको फरेन्सिक प्रयोगशाला पठाएको थियो । मेडिकल परीक्षणमा नाबालिकाको बलात्कार भएको पुष्टि भएपछि मोरङ प्रहरीले घटनालाई संवदेनशील मानेर अनुसन्धान थालेको थियो ।

घटनास्थलमा भएको मानिसहरूको आवतजावत अनुसन्धान गर्ने क्रममा नाबालिकालाई चौधरी दाजुभाइले नै झाडीमा लगेर यातनापछि सामूहिक बलात्कार गरेको खुलेको थियो । बलात्कारबाट अर्धचेत भएकी बालिकालाई उनीहरू झाडीमै छाडेर भागेका थिए । अनुसन्धानमा संलग्न मोरङका डिएसपी मन्जिल मुकारुङले दुवै दाजुभाइले नाबालिका बलात्कार गरेको जानकारी दिए । उनका अनुसार चौधरी दाजुभाइ गछिया खोलामा बालुवा चाल्ने मजदुरी गर्दै आएका थिए । दुवैजना लागुऔषध गाँजाका सेवनकर्ता हुन् । बालिका बलात्कारअघि दुवैले केराघारीमा बसेर सँगै गाँजा र वियर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

गाँजा सेवन गरेपछि घरमा एक्लै भएकी बालिकालाई अजय चौधरीले बोकेर ल्याएका थिए । त्यसपछि उनीहरूले बलात्कार गर्न थाल्दा नाबालिका चिच्याएपछि बियरको बोतल र ढुंगाले टाउकोमा हानेर बेहोस बनाई पालैपालो बलात्कार गरेको खुलेको छ । बलात्कापछि बियरको बोतल र ढुंगा त्यहीँ फालेर उनीहरू भागेका थिए ।  दुई साताअघि मात्र मोरङमा एक वृद्धले १२ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेका थिए । मोरङको लेटाङ नगरपालिका– ८ ज्यामिरे टोलकी १२ वर्षीया बालिकाको ६३ वर्षीय दीपक गिरीले १२ फागुनमा स्कुलबाट घर फर्कँदै गर्दा बलात्कार गरी हत्या गरेका थिए । 

ad
ad