१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘स्थानीय तह’लाई ‘स्थानीय सरकार’ भन्नु ठूलो कुरा होइन, डेलिभरी मुख्य कुरा हो : प्रधानमन्त्री देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्नु मुख्य कुरा नभएर स्थानीय तहबाट प्रवाह हुने सेवा मुख्य कुरा भएको बताएका छन् । आइतबार नगरपालिका संघको साधारणसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई तह नभनेर सरकार भन्न सकिने बताएका हुन् । तर, नाम परिवर्तन गर्नु नभएर जनतालाई डेलिभरी दिनु मुख्य कुरा भएको उनकाे भनाइ  थियाे । 

'सबैको चित्त बुझ्छ भने स्थानीय सरकार नै भनौँला। संशोधन गर्नुपर्छ भने दलहरूसँग छलफल गरौँला। तर, डेलिभरी भनेको मुख्य कुरा हो । जनताका दुःख, तक्लिफ हटाउने काम गर्नुहोस् । यो ठूलो करा होइन । तह र सरकारमा तह हटाइदिउँला त्यसमा केही पनि छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘रुल मेकिङ र रुल एप्लिकेसनमा जनतालाई प्रत्यक्ष सहभागी गराउनुपर्छ ।’ 

ad
ad