मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Sunday, 13 July, 2025
२o७८ फाल्गुण २७ शुक्रबार १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिमकोट सफा गर्दै विदेशी नागरिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १८:१८:oo

हुम्ला घुम्न आएका एक विदेशी नागरिक सदरमुकाम सिमकोटको सरसफाइमा जुटेका छन्। मुख्य बजारको ढलमा फोहोर जमेर दुर्गन्धित भएपछि उनी स्वतस्फुर्त रूपमा सरसफाइमा जुटेका हुन् । स्पेनका नागरिक कार्लेस मार्टी सोबिराले सुन्दर ठाउँ सिमकोटको ठाउँठाउँमा फोहोर जम्मा भएर दुर्गन्धित भएको देख्दा नरमाइलो लागेर सरसफाइ गर्ने कार्यमा लागेको बताए । 

उमेरले ५० कटेका सोबिराले सदरमुकामको मुख्य स्थान कालीचोकमा फोहोरले ढल नै बुझिएर फोहोर बढेको देख्दा सफा गर्न मन लागेको बताए। काली चोकसहित बढी फोहोर हुने तीनधारामा पनि उनले सरसफाइ गरेका हुन् । तीनधारामा उनले ढुंगा किनेर बिछ्याउने कार्यसमेत गरेका छन् । 

सोबिराले आफूले सरसफाइ गरेको देखेर स्थानीयले पनि सरसफाइमा ध्यान दिउन भन्नका लागि पनि यस्तो गरेको बताए । बढी फोहोर हुने दुवै स्थानमा उनले तीन दिन लगाएर सरसफाइ गरेका हुन्। सफाइ गर्ने औजार पनि उनले नै किनेका थिए। तीनधारामा भने उनलाई तीनजना अन्य स्थानीयले सहयोग गरेका थिए। उनीसहित दुईजना अन्य नेपाली हर्कसिंह भण्डारी र खेम निरौलाले मिलेर स्वतस्फुर्त रूपमा सरसफाइ गरेका हुन्। यसअघि सिमकोट गाउँपालिकाले फोहोर जम्मा गर्दै आएकोमा डम्पिङ क्षेत्र जाने बोटो बन्द भएको भन्दै गाउँपालिकाले फोहाेर व्यवस्थापन कार्य रोकेको थियो ।