१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २३ आइतबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउवाले भने– सत्तागठबन्धनका दललाई जिस्क्याउने काम नगर्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४४:oo

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन आगामी स्थानीय तहको निर्वाचनसम्मै कायम रहने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा देउवाले संविधानको रक्षा गर्न बनेको गठबन्धनको सहकार्य र एकता अझै आवश्यक रहेको बताएका हुन् । 

देउवाले सत्तागठबन्धनमा रहेका दलहरूलाई विभिन्न माध्यमले जिस्क्याउने काम नगर्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । उनले सत्तागठबन्धनले पास गरेको एमसिसी परियोजना मुलुकको हितमा रहेको र यसले देशको विकासमा सहयोग पुग्नुका साथै रोजगारी पनि सिर्जना गर्ने बताए । 

उनले दुई छिमेकी देशहरूबीच समदूरी र सन्तुलित सम्बन्ध राखेर नेपालको विकास गर्नुपर्नेमा जोड दिए । 
 

पोखरीयाका मेयर कांग्रेस प्रवेश
पर्साको पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियार कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले रौनियारलाई पार्टी सदस्यता प्रदान गर्दै कांग्रेसमा प्रवेश गराएका हुन् । 

रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीबाट रौनियार मेयर निर्वाचित भएका थिए ।

ad
ad