Skip This
ad
झापा गोल्डकप : थ्री स्टारलाई हराउँदै संकटा सेमिफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o७:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : थ्री स्टारलाई हराउँदै संकटा सेमिफाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:४४:oo

थ्री स्टारविरुद्ध सहज जित निकाल्दै संकटा क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारलाई २–० ले हराउँदै संकटाले झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ संस्करणको झापा गोल्डकपमा संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५औँ मिनेटमा थ्री स्टारका अशोक खवासले गोललाइनको बललाई बचाउन खोज्दा डिबक्समै अनमार्क रहेका यानिकले पोस्टको दिशा दिए । पहिलो गोलपछि संकटा सम्हालिएर खेल्यो । पहिलो गोलपछि डिफेन्सलाई बलियो बनाएको संकटाले विपक्षीका दर्जन बढी प्रहार विफल बनायो । 

खेलको पहिलो हाफमा संकटाले १–० को अग्रता लिएको थियो । खेलको ६३औँ मिनेटमा संकटाका फोडेले फोफोनाले अग्रतालाई दोब्बर बनाए । गणेश हमालको क्रसलाई डिबक्समा रहेका उनले उत्कृष्ट गोल गरे । संकटाले यसअघि प्रि–क्वार्टरफाइलन खेल पनि यही मैदानमा खेलेको थियो । ‘बाई’ पाएर सोझै क्वार्टरफाइनलमा पुगेको थ्री स्टारका लागि भने यो मैदान नयाँ थियो ।

 खेलाडीबीच तालमेल नमिल्दा थ्री स्टारले पाएका अवसरलाई सदुपयोग गर्न सकेन । थ्री स्टारले बनाएका केही उत्कृष्ट ‘मुभ’ संकटाका खेलाडीले विफल बनाए । सुरुवाती समयदेखि नै थ्री स्टार संकटामाथि हाबी बन्यो । थ्री स्टारले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि स्कोर भने निकाल्न सकेन । सुरुवातदेखि नै संकटाले डिफेन्सिफ खेल्यो । थ्री स्टारले भने अफेन्सिफ खेलेको थियो ।पहिलो हाफको २५औँ मिनेटमा गोल खाएपछि थ्री स्टारका खेलाडी दबाबमा परे । गोलपछि संकटाले डिफेन्स झनै बलियो बनायो भने थ्री स्टारले आक्रामक खेल्न खोज्दा डिफेन्स गुमाउन पुग्यो । 

लय गुमाएको थ्री स्टारले निर्धारित समयभरि खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । भर्खरै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा संकटा थ्री स्टारसँग १–० ले पराजित भएको थियो । संकटाले लिगपछि खेल सुधार्दै थ्री स्टारसँगको पहिलो भेटमा बदला लिएको हो । निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका गुमाए । खेलको दोस्रो मिनेटमै थ्री स्टारले गोल गर्ने मौका गुमायो । थ्री स्टारका ऋतिक खड्काले डिबक्सबाट गरेको प्रहार विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै नियन्त्रणमा लिए । 

खेलको ३६औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले डिबक्सबाटै गरेको हेडर देब्रे बारनजिकैबाट बाहिरियो । ४६औँ मिनेटमा थ्री स्टारका ऋतिक खड्काले डिबक्सबाट गरेको पावरफुल प्रहार विपक्षी गोलरक्षकले उत्कृष्ट बचाउ गरे । खेलको ७०औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले पन्च गरेर बचाए । ७५औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले डिबक्सबाट गरेको हेडर फितलो भयो । उनको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए । 

खेलको म्यान अफ दी म्याच संकटाका गोलरक्षक रोहित कार्की घोषित हुँदै नगद नौ हजार नौ सय ९९ रुपैयाँ पाए । बुधबारको क्वार्टरफाइनल खेल विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र पहुना टोली भारत दार्जिलिङको एमएफसीबीच हुनेछ । 

खेल निकै प्रतिस्पर्धात्मक रह्यो
 सल्यान खड्गी, प्रशिक्षक संकटा क्लब

खेल निकै प्रतिस्पर्धात्मक रह्यो । पाएका मुभलाई सदुपयोग गर्यौँ । थ्री स्टारले पनि राम्रो खेल्यो । तर, उनीहरूको प्रयासलाई हामीले विफल तुल्यायौँ । मुख्य कुरा पहिलो गोल समयमै निस्कियो । पाएको मौकामा गोल गर्न सक्यौँ । त्यही नै जितको मुख्य ‘टर्निङ प्वाइन्ट’ रह्यो । थ्री स्टारको पोजिसन निकै राम्रो थियो । गोलपछि कसरी डिफेन्स गर्ने रणनीतिमा हामी गयौँ । त्यसकारण सहज जित निकाल्यौँ । 

तयारी नपुग्दा लय गुमायौँ
 रवीन्द्र शिल्पकार, प्रशिक्षक थ्री स्टार क्लब

धेरै लामो अन्तरालपछि हामी फिल्डमा फर्कियौँ । लिग सकिएपछि रेस्टमा थियौँ । हामीले जुन तयारी गर्नुपर्ने थियो त्यो गर्न नभ्याउँदा लय गुमायौँ । खेलमा पाएका मौकालाई पनि गोलमा परिणत गर्न सकेनौँ । खेलको अघिल्लो दिन मात्र मैदानमा खेल्ने मौका पायौँ । योभन्दा अघि तालिम नै गरेका थिएनौँ । सीधै खेलमा आउँदा खेलाडीको फिटनेस लेभल, बल फिडिङमा कमजोरी देखिएको थियो । 

ad
ad