मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Monday, 14 July, 2025
प्रतिकात्मक तस्बिर
२o७८ फाल्गुण २४ मंगलबार १४:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा अफगानिस्तान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १४:५३:oo

अफगानिस्तान सन् २०२१ मा आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ। स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आइइपी) द्वारा प्रकाशित ग्लोबल आतंकवाद सूचकांकलाई उद्धृत गर्दै उक्त कुरा जनाएका छन्।

सन् २०२१ मा अफगानिस्तानमा आतंकवादबाट एक हजार चार सय २६ जनाको ज्यान गएको छ, जुन विश्वको कुल संख्याको २० प्रतिशत हो। आइइपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतंकवादी घटनाहरूमा कम्तीमा दुई हजार एक सय ९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन्। यी पीडितहरूमध्ये आधाभन्दा बढी नागरिक रहेका थिए जसमा काबुलमा भएको आक्रमणमा परेका थिए।

दाएसले काबुल अन्तर्राष्ट्रिय विमानस्थलनजिक दुईवटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा एक सय ७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए। अफगानिस्तानपछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतंकवादी हमला गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए।

यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ। संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा दुई करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ। रासस/एएनआई