१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १२:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पर्यटन प्रवर्द्धन गर्न नेपालगन्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:२२:oo

पश्चिम नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरी नेपाल–भारत व्यापार आदान–प्रदान गर्न २६–२८ फागुनसम्म नेपालगन्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका, नाटालगायत पर्यटनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायको आयोजनामा वेस्टर्न ट्राभल मार्ट आयोजना गर्न लागिएको नाटा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए।

उनले भारतीय पर्यटकलाई लक्षित गरी ट्राभल मार्ट आयोजना गरिएको बताए। सो अवसरमा नेपाल र भारतका पर्यटनसँग सम्बन्धित व्यवसायीबीच व्यापार आदान–प्रदान गरिनेछ। भारतबाट आएका पर्यटन व्यवसायीलाई निःशुल्क रूपमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन, कर्णाली नदीमा र्‍याफ्टिङ, निकुञ्जमा जंगल सफारी, डल्लो होमस्टे अवलोकन गराइने सिग्देलले बताए। ‘रारा ताल, से–फोक्सुन्डाेलगायत पश्चिम नेपालका पर्यटकीय गन्तव्यमा जान चाहने पर्यटन व्यवसायीलाई विशेष छुटको व्यवस्था मिलाएका छौँ,’ उनले भने।

वेस्टर्न ट्राभल मार्टमा नेपाल र भारतका एक सय स्टल राखिनेछ। उक्त स्टलमा पर्यटन व्यवसायीले आफ्ना उत्पादन र सेवाबारे जानकारी दिने र वस्तु राख्नेछन्। ‘दुई देशका व्यापारीबीच आ–आफ्नो उत्पादन र सेवा साटासाट गर्नु ट्राभल मार्टको मुख्य उद्देश्य हो,’ उनले भने।

कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधि तथा गन्तव्यको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मूल आयोजना, नेपाल एसाेसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँकेको आयोजना तथा पर्यटन प्रवर्द्धन मञ्च बाँके, हान बाँके, होटेल व्यवसायी संघ बाँकेलगायत यस क्षेत्रका पर्यटन सम्बद्ध व्यवसायीको सहआयोजनामा मार्ट गर्न लागिएको हो।

प्रदेशस्तरीय पर्यटन व्यवसायीहरूको व्यावसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवं पर्यटन व्यवसायीसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रमअनुरूप यो मार्ट आयोजन गर्न लागिएको बोर्डका पर्यटन बजार व्यवस्थापन तथा प्रबन्ध महाशाखाका प्रबन्धक गोविन्द ओलीले बताए।

उनले वेस्टर्न ट्राभल मार्टले पश्चिम क्षेत्रको पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। मार्टले भारतीय सीमावर्ती बजारका पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्नसमेत मद्दत गर्ने उनले बताए।

ad
ad