१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २२ आइतबार १६:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘अर्ली इलेक्सन’को सम्भावना छैन : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २२ आइतबार १६:३६:००

माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्ली इलेक्सनको सम्भावना नभएको बताएका छन्। 

वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्ली इलेक्सन गर्ने समय नहुने उनले बताए। ‘सामान्यतया हाम्रो नेपालमा दुईवटा सिजनमा निर्वाचन हुने गरेको छ। कात्तिक–मंसिर, चैत–वैशाख–जेठसम्म। पाँच वर्षमा संघीय, प्रदेश र स्थानीय चुनाव हुने संवैधानिक व्यवस्था छ। यसरी हेर्दा अर्ली इलेक्सनको सम्भावना अब छैन,’ उनले भने, ‘वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने भनेपछि हामीसँग टाइम नै हुँदैन। यद्यपि, कानुनी रूपले र व्यावहारिक रूपले अभ्यासको रूपमा, परम्पराको रूपमा गरौँ भन्दा मंसिरपछि पाँच वर्ष संघीय संसद्को कार्यकाल पाँच वर्षमा प्रवेश गरिसकेपछि गर्न नमिल्ने होइन।’ 

पुनले संसद् लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्ली इलेक्सनमा जाने कुरा राजनीतिक रूपले ठीकै भए पनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने बताए।

उनले अर्ली इलेक्सनको  मौसमी हिसाबले पनि कुनै चान्स नभएको बताए। ‘५–६ महिनादेखि संसद् अनिर्णयको अवस्थामा रहने, चल्न सक्ने अवस्था नहुने, जनताको सार्वभौम प्रतिनिधिहरूले जनताका विषयमा छलफल गर्न नपाउने अवस्थामा राजनीतिक रूपले त्यसरी सोच्नु ठीकै हो। तर, हामीसँग मौसमी, भौगोलिक जटिलताले गर्दा अब स्थानीय निर्वाचन गर्ने भएपछि अर्ली इलेक्सनको सन्दर्भ लगभग सिद्धिएजस्तो लाग्छ,’ उनले भने।