मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १५ सोमबार
  • Monday, 29 May, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २१ शनिबार १७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्पदा पुनर्निर्माण गर्न छुटेको भए जानकारी गराउन मेयर शाक्यको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २१ शनिबार १७:४९:००

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरवासीलाई अपिल गरेका हुन्।

शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिकाबाहिरका सम्पदाहरूको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताए। चुनावमा आफूहरूले गरेको प्रतिबद्धताअनुसार नै सम्पदाहरूको पुनर्निर्माणको कामले गति लिएको उनको दाबी छ। 

महानगरले पुरातात्विक महत्वका सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउने स्पष्ट नीति लिएको र सोहीअनुसार काम भइरहेको मेयर शाक्यले बताए। मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर–टू–नगर साझेदारी कार्यक्रमअन्तर्गत अन्य नगरपालिकाहरूको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताए।