Skip This
पर्यटन प्रवर्द्धनका लागि चौथो संस्करणको ‘टुर दी ठाकुरद्वारा’ सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका लागि चौथो संस्करणको ‘टुर दी ठाकुरद्वारा’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:३१:oo

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको साइक्लिङमार्फत प्रचार–प्रसार गरी विश्वसामु चिनाउन चौथो संस्करणको ‘टुर दी ठाकुरद्वारा’ नेपालगन्जबाट सुरु भएको छ। पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरबाट यात्रा सुरु भएको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतीश निरौलाले जानकारी दिए।

नेपालगन्ज नगरको परिक्रमा गरी साइक्लिस्टकाे टोली बाँकेको जानकी, खजुरा गाउँपालिकाका धार्मिक तथा पर्यटकीयस्थल घुम्दै बर्दियाको बढैयाताल, बाँसगढी कतर्निया, भुरिगाउँ हुँदै ८० किलोमिटरको साइकल यात्रा पूरा गरी ठाकुरद्वारा पुगिने उनले बताए।
 
‘टुर दी ठाकुरद्वारा’मा दुई सयभन्दा बढी साइक्लिस्टले सहभागिता जनाएका उनले जानकारी दिए। तीनवटा संस्करणबाट पाठ सिकेर चौथो संस्करणलाई थप ऊर्जाशील बनाएको निरौलाको भनाइ छ।
 
बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र साइकल संस्कृतिको विकास गर्ने ‘टुर दी ठाकुरद्वारा’को उद्देश्य रहेको आयोजकले जनाएको छ। ‘संस्कृति, प्रकृति, पर्यटन र खेलकुद’ भन्ने मूल नारासहित ‘टुर दी ठाकुरद्वारा’ आयोजना गरिएको हो,’ उनले भने। शुक्रबार नेपालगन्जबाट गएको टोली एक रात ठाकुरद्वारामा बसेर आज शनिबार बेलुकी नेपालगन्ज फर्कनेछ।

ad
ad