Read Time : < 1 मिनेट
२o८१ जेठ ७ सोमबार ११:३३:oo
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. आठ सयले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु. एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ३५ हजार ६ सय निर्धारण भएको छ।
त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ। बुधबार तोलामा रु. एक हजार ६ सय ७५ मा कारोबार भएकामा आजका लागि रु. एक हजार ६ सय ८५ निर्धारण भएको छ।