१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१८ करोडमा भक्तपुर अस्पतालको सुविधासम्पन्न भवन निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:५८:oo

उपत्यकाकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा १८ करोडको सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ । बेलायत सरकारको आर्थिक अनुदानमा नवनिर्मित सो भवनको उद्घाटनसमेत गरिएको छ । 

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत रब फेनले नवनिर्मित भवनको उद्घाटन गरे । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्यांकनमा ९८ प्रतिशत अंक प्राप्त गरी देशकै उत्कृष्ट अस्पताल बन्न सफल भक्तपुर अस्पतालको स्तर वृद्धिमा नयाँ भवनको योगदान रहने स्वास्थ्यमन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे । 

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै मन्त्री श्रेष्ठले भक्तपुर अस्पताललाई तीन सय शड्ढयामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको पनि जानकारी गराए ।सो अवसरमा नेपालका लागि बेलायती राजदूत रब फेनले भक्तपुर अस्पतालको प्रगतिप्रति सन्तोष व्यक्त गरे ।

उनले आफ्नो देशको तर्फबाट भक्तपुर अस्पताललाई थप आर्थिक , भौतिक एवं प्राविधिक सहयोग पुर्‍याउने इच्छा प्रकट गरे ।नवनिर्मित भवन सञ्चालनमा आएपछि सेवामा धेरै सुधार भएको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् ।

ad
ad