१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १९ बिहीबार १७:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं रेजर्सले विकेश र बालगोपाललाई निरन्तरता दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १९ बिहीबार १७:४४:oo

नेपाल सुपर लिग (एनएसएल)को साबिक विजेता काठमाडौं रेजर्सले मार्की खेलाडी विकेश कुथु र मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई निरन्तरता दिने भएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत काठमाडौं रेजर्सले एनएसएलको दोस्रो संस्करणका लागि मार्की खेलाडीको रूपमा गोलरक्षक विकेश र मुख्य प्रशिक्षकको रूपमा बालगोपाललाई नै निरन्तरता दिने बताएको हो। 

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनएसएलका लागि शुक्रबार अक्सन हुँदैछ। साबिक विजेता काठमाडौं रेजर्सका मार्की खेलाडी कुथुले पुनः काठमाडौं रेजर्ससँग जोडिन पाउँदा खुसी लागेको भन्दै अघिल्लो संस्करणमा जस्तै यसपटक पनि एकताबद्ध भई टोलीलाई सन्तुलित बनाउँदै प्रदर्शन गर्ने बताए।

गत सिजनका सात र थप तीन टोली गरी यस संस्करणमा कुल १० टोलीले प्रतिस्पर्धा गर्दै छन्। सोही क्रममा साबिक विजेता काठमाडौंले अघिल्लो संस्करणकै मुख्य प्रशिक्षक महर्जनलाई सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रमपछि बोल्दै प्रशिक्षक महर्जनले अघिल्लो संस्करणमा खेलाडीको मिहिनेतले उपाधि उचाल्न सफल भएको र आसन्न संस्करणमा पनि अघिल्लो संस्करणको लयलाई निरन्तरता दिने वाचा गरे।

एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची–इलाम र वीरगन्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो संस्करणको एनएसएल चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ। प्रतियोगिता दुई सहरमा पोखरा र काठमाडौंमा हुँदै छन्। पहिलो संस्करण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको थियो।