१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आज प्रतिनिधिसभा बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:४२:oo

प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा तीनवटा सम्भावित कार्यसूची राखिएको छ । संसद् सचिवालयले मंगलबार निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ०७७/७८’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक ०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक ०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

दुई विधेयक सभामा पेस भएपछि सैद्धान्तिक छलफल सुरु हुनेछ । यसअघि १५ फागुनमा बसेको बैठकले एमसिसी अनुमोदन गरेको थियो । संसद्मा एमालेको अवरोध जारी छ । उसले बुधबारको बैठकमा पनि विरोध यथावत् राख्ने भएको छ ।

ad
ad