१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका ब्रसेल्स
२०७८ फाल्गुण १४ शनिबार ११:३६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

वार्ताको ढोका खुला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ब्रसेल्स
२०७८ फाल्गुण १४ शनिबार ११:३६:००

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन्। उनीहरूका बीचमा शुक्रबार भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले सो धारणा राखेका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन उनीहरूबीच फोनमा कुराकानी भएको थियो। त्यसक्रममा राष्ट्रपति म्याक्रोनले वार्ताको ढोका खुला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएका हुन्।

रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन्। राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ। यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरू युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ। आक्रमणको दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। युक्रेनले पूर्ण रूपमा सेना परिचालन गरेको बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यहाँ आमरूपमा सेना परिचालनको आदेश दिएका छन्। यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ। त्यसैगरी, यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ। यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ। रासस/सिन्ह्वा