१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रुस–युक्रेन युद्ध तेस्रो वर्षमा : युक्रेन झनै रक्षात्मक युद्धसँग अभ्यस्त बन्दै सर्वसाधारण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:२o:oo

सन् २०२३ को प्रत्याक्रमण असफल भएपछि युक्रेनले ठूलो धक्का खाएको छ  

एजेन्सी÷ शनिबार रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ । पश्चिमा सहायताको अभावका कारण यो वर्ष युक्रेन कमजोर देखियो भने रुस उत्साहित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरी २४ मा बिहानै ‘विशेष सैन्य अभियान’को घोषणा गर्दा धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरुद्ध विजय गर्ने अनुमान गरेका थिए । तर, युक्रेनले अहिलेसम्म रुसी आक्रमणको प्रतिकार गर्दै कतिपय स्थानबाट रुसी सेनालाइ भगाएको छ । 

युक्रेनले सन् २०२३ को प्रत्याक्रमण असफल भएपछि धक्का खाएको छ । आफ्ना सहयोगीले युद्धका लागि प्रतिबद्धता गरेअनुसारको हतियार र आर्थिक सहयोगको अभावका कारण प्रत्याक्रमण असफल भएको रुस–युक्रेन युद्धबारे नजिकबाट जानकारी राख्ने विश्लेषकहरूले बताएका छन् । 

तोपखाना र हवाई प्रतिरक्षाका लागि पश्चिमी–आपूर्ति गरिएको गोलाबारुदको यथेष्ट आपूर्ति नहुँदा रुस सुस्त गतिमा रक्षात्मक लडाइँ लडिरहेको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले हतियार आपूर्तिसम्बन्धी निर्णय ‘प्राथमिकता’ हुनुपर्ने बताएका छन् । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनलगायत पश्चिमा नेताहरूले युक्रेनको ‘असाधारण प्रतिरोध’को प्रशंसा गर्दै शनिबार किभ पुगेका छन् । 

तर, अमेरिकी कंग्रेसले ६० अर्ब अमेरिकी डलरको सहायता कार्यक्रम रोकेपछि युक्रेनका लागि समग्र तस्बिर अन्धकारमय बनेको छ । यो प्रतिज्ञा गरिएको सहयोगको आपूर्तिको ढिलाइको शीर्ष स्थानमा आएको छ । 

ठूलो मानवीय क्षति
युद्धमा कुनै पनि पक्षले आफ्नो तर्फ भएका क्षतिको विश्वसनीय विवरण सार्वजनिक गरेका छैनन् । तथापि, दुवै पक्षले एक–अर्कालाई ठूलो क्षति पु¥याएको दाबी गरेका छन् । अगस्ट २०२३ मा द न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै युक्रेनमा ७० हजारको मृत्यु र एक लाखदेखि एक लाख २० हजारसम्म घाइते भएको उल्लेख गरेको थियो । गत डिसेम्बरमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायले तीन लाख १५ हजार रुसी सैनिक मारिएको वा घाइते भएको संकेत गरेको थियो । रुसी रक्षामन्त्री सेर्गेई सोइगुले युक्रेनमा मस्कोको सेनासँग हालै भेटेको र सेनाको अनुपातका आधारमा फाइदा आफ्नो पक्षमा रहेको बताए । 

युद्ध बन्दै छ दैनिकी 
रुसले पूर्वमा कडा आक्रमण गरिरहेको छ । एकसाताअघि  रुसी सेनाले दोनेतस्कनजिकैको अभ्दाइभ्का सहर कब्जा गरेको छ । पोल्यान्डका किसानहरूको सीमा नाकाबन्दीले पनि युक्रेनको अर्थव्यवस्थामा असर पारेको छ । यसले किभको निर्यातलाई खतरामा पारेको र हतियारको आपूर्ति रोकेको छ । किभमा मनोदशा डरलाग्दो छ, तथापि युक्रेनी भने युद्धसँग अभ्यस्त भइरहेका छन् । ‘युक्रेनका महिला, हाम्रा पतिहरू, छोराछोरी र बुबाहरूका लागि यो हृदयको पीडा हो,’ किभका पोषणविद् ओल्गा बायर्कोले भने । उनले भने, ‘म वास्तवमा यो जतिसक्दो चाँडो अन्त्य होस् भन्छु’, अठ्तीस वर्षीय व्यवसायी युरी पासिच्निकले एएफपीसँग भने, ‘युक्रेनीहरूले यससँग बाँच्न सिकेका छन् । युद्ध हाम्रो दैनिकी भएको छ ।’ 

ad
ad