१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर : एपी
रासस जेनेभा
२o८१ बैशाख १७ सोमबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने

Read Time : < 1 मिनेट
रासस, जेनेभा
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:२६:oo

स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताएका छन्।

सम्मेलनमा सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने विदेशमन्त्री इग्नाजिओले बताए। स्विट्जरल्यान्डले युक्रेनमा हृदयदेखि नै शान्तिको चाहना गरेको भन्दै उनले यो प्रयासले सार्थक नतिजा हासिल गर्ने अपेक्षा गरिएको उल्लेख गरे।

यसैबीच स्विस विदेश मामिला विभागको प्रेस विज्ञप्तिमा स्विट्जरल्यान्डले युक्रेनमा शान्तिसम्बन्धी उच्चस्तरीय सम्मेलन सन् २०२४ जुन महिनामा बर्गेनस्टकमा आयोजना हुने अपेक्षा गरिएको छ।

सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रको बडापत्रमा आधारित रही युक्रेनमा न्यायपूर्ण र स्थायी शान्तिका लागि उच्चस्तरीय संवादको मञ्च प्रदान गर्नु हो। यस सम्मेलनमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सहभागिता रहनेछ।

प्रेस विज्ञप्तिका अनुसार स्विट्जरल्यान्डले द्वन्द्व समाधान र शान्तिको खोजीमा सक्रिय रूपमा संलग्न रही युक्रेनको दिगो भविष्यलाई आकार दिन निरन्तर मद्दत गरिरहेको छ।

यसैबीच, सन् २०२४ जनवरी १५ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको बर्न भ्रमणको क्रममा स्विट्जरल्यान्ड र युक्रेनले न्यायपूर्ण र स्थायी शान्ति स्थापनाका लागि आगामी कदमहरूबारे छलफल गरेका थिए। परिणामस्वरूप स्विट्जरल्यान्डले उच्चस्तरीय सम्मेलन आयोजना गर्न सहमत भयो।

ad
ad