मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका विराटनगर
२०७८ फाल्गुण १३ शुक्रबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी शिविरभित्र एकजना मृत फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ फाल्गुण १३ शुक्रबार १७:२७:००

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरभित्र एक व्यक्त्ति मृत फेला परेका छन् । शरणार्थी शिविरको ‘सेक्टर सी’मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगर शुक्रबार घरभित्रै ओछ्यानमा मृत फेला परेका हुन् ।

मोरङ प्रहरीका अनुसार उनी घरभित्रै एक हप्तादेखि सुतिरहेका थिए । अत्यधिक मापसे गर्ने बानी भएकोले उनको मृत्यु सुतेकै अवस्थामा हृदयघात हुँदा भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे अनुसन्धान भैरहेको मोरङ प्रहरीले जनाएको छ ।