मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १३ शुक्रबार १७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनधिकृत रूपमा जहाजभित्र यात्रु प्रवेश गरेकोबारे छानबिन गर्न गृहले बनायो छानबिन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १३ शुक्रबार १७:२२:००

त्रिभुवन विमानस्थलबाट कतारको दोहा उड्न लागेको विमानमा एक व्यक्ति अनधिकृत रूपमा प्रवेश गरेको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। शुक्रबार मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो।

छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। गत सोमबार विमानस्थलको पर्खाल र बार नाघेर एक व्यक्ति अनधिकृत रूपमा नेपाल एयरलाइन्सको जहाजभित्र छिरेका थिए।