१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग गर्ने कुरा स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:४४:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग स्वीकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शुक्रबार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा समावेश हुन नसक्ने बताए।

‘छिमेकी देशको सुरक्षामा प्रतिकूल असर पर्ने काम नेपालको भूमिबाट हुने कुरा हामीलाई मञ्जुर छैन। हामी त्यस्तो हुन दिँदैनौँ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘हामी कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश हुन सक्दैनौँ। इन्डाेप्यासिफिक रणनीतिको अंग हुन सक्दैनौँ।’ एमसिसी सैन्य गठबन्धनको अंग हो भन्ने कुराहरू आइरहेको उल्लेख गर्दै उनले यसबारे ‘क्लियर’ नभसम्म एमसिसी स्वीकार गर्न नसकिने बताए।

‘अनुदानको नाममा नेपाल विदेशीको बन्दकी हुन सक्दैन । यस अर्थमा विशुद्ध आर्थिक सहयोगसँग जोडिनुपर्छ । एमसिसीबारे प्रश्नहरू उठेका छन्, ती प्रावधान सच्याउनुपर्दछ,’ उनले भने, ‘एमसससीमा परियोजनाको जग्गाको स्वामित्व नेपालकै हुनुपर्छ। रोजगारी नेपालीले पाउनुपर्छ । बौद्धिक सम्पत्तिमाथिको अधिकार हुनुपर्छ।’ अरूको कानुन नेपालको संविधानमाथि हुने कुरा पनि स्वीकार गर्न नसकिने नेपालले बताए। उनले यो परियोजना विशुद्ध आर्थिक सहायतामा केन्द्रित हुनुपर्ने बताए।

अमेरिकी अधिकारीहरूको अभिव्यक्तिले पनि एमसिसीबारे शंका पैदा गरेको उनले बताए। केपी ओली प्रधानमन्त्री हुँदा र नेकपा हुँदा नै एमसिसीबारे बनेको कार्यदलले उठाएका विषय अझै प्रस्ट नभएको उनले बताए। नेकपा (एमाले)ले प्रतिशोधको राजनीतिका लागि देशको हितलाई कुठाराघात गर्न र विदेशीसामु लम्पसार पर्न खोजेको नेपालले आरोप लगाए।

अध्यक्ष नेपालले गठबन्धन रहने–नरहने कांग्रेसले सोच्ने विषय भएको बताए। तर, एमसिसी पास भए पनि नभए पनि गठबन्धन कायम राख्ने कुरा विगतमा भएको दाबी गर्दै उनले एमालेसँग गठबन्धन नहुने प्रस्ट पारे।

ad
ad