संशोधन नभई एमसिसी पारित गर्ने प्रक्रिया अगाडि बढाउनु आपत्तिजनक : देव गुरुङ (भिडियोसहित)

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले संशोधन नभई एमसिसी पारित गर्ने प्रक्रिया अगाडि बढाउनु आपत्तिजनक भएको बताएका छन्। संसद् बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच एमसिसी पारित गर्ने प्रक्रिया अगाडि बढाइनु उचित नभएको बताए।

उनले ४२ वटा विधेयक संसदबाट पारित नभएको अवस्थामा एमसिसी मात्रलाई अगाडि बढाउनु उचित नभएको बताए। एमसिसीमा रहेको विषय संवेदनशील रहेको भन्दै उनले प्रक्रिया अगाडि बढाउनु गम्भीर भएको तर्क गरे।

‘विगतमा पनि आर्थिक सहायतासम्बन्धी सम्झौता भएका थिए। तर,संसदबाट पारित गरिएको थिएन। दलहरूमा सहमति नजुटाई अगाडि बढाइनु आपत्तिजनक छ,’ उनले भने।

सुझावित समाचार