१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यथास्थितिमा एमसिसी पास नगर्ने माओवादी संसदीय दलको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार ११:२३:oo

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले यथास्थितिमा एमसिसी पास गराउन नसकिने निष्कर्ष निकालेको छ। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देव गुरुङले यथास्थितिमा पास गराउन नसकिने निर्णय भएको जानकारी दिए।

संशोधनविना जबर्जस्ती एमसिसी संसदमा पेस भए विपक्षमा मतदान गर्ने माओवादी संसदीय दलले निर्णय गरेको छ। सत्तारुढ पाँच दलको निर्णय मात्रै सरकारको निर्णय हुने अन्यथा माओवादी केन्द्र सरकारमा नरहने बैठकले निष्कर्ष निकालेको नेता गुरुङले जानकारी दिए। सदन सुचारु नगरी कुनै एजेन्डा अघि बढ्न नसक्ने भएकाले सदन सुचारु गर्न जोड दिनुपर्ने पनि सो बैठकले निर्णय गरेको छ।

ad
ad