१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भ्यालेनटाइन्समा ९० प्रतिशत गुलाबको फूल भारतबाटै आयात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४५:oo

यो वर्षको भ्यालेन्टाइन्समा खपत हुने गुलाबमध्ये ९० प्रतिशत भारतबाट आयात भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार भ्यालेन्टाइन्स डेमा खपत हुनेमध्ये १० प्रतिशत गुलाब मात्रै नेपालमा उत्पादन हुने गरेको छ। नेपालमा गुलाबको उत्पादन अत्यन्तै कम हुने भएकोले भारतकै भर पर्नुपरेको एसोसिएसनले जनाएको छ। 

यो वर्ष भ्यालेन्टाइन्स अवधिभर २ लाख ३२ हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ। गत वर्ष कोरोना संक्रमणदर बढेकै अवस्थामा पनि १ लाख ८५ हजार स्टिक गुलाब खपत भएको थियो। यो वर्ष खपत थप बढेको एसोसियसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। उनका अनुसार यो वर्ष कोरोना संक्रमणदर घट्दै गएकाले पनि गुलाबको बढी खपत भएको हो।

यो वर्ष खपत हुने गुलाबमध्ये ४० प्रतिशत गुलाब गत सोमबार रोज डेको दिन खपत भइसकेको छ। त्यस्तै, १४ फेब्रुअरीका दिन पनि गुलाब खपत बढी हुने अध्यक्ष तामाङले जानकारी दिए। ‘अन्य फूलमा हामी विस्तारै आत्मनिर्भर हुने अवस्था भए पनि गुलाबमा हामी आत्मनिर्भर हुने अवस्था देखिँदैन,’ उनले भने, ‘नेपालमा गुलाब उत्पादन नहुने त होइन, तर व्यावसायिक रूपमा पर्याप्त खेती गरिएको छैन।’ उनले विगतका वर्षहरूमा भन्दा यो वर्ष नेपालमा गुलाबको उत्पादन केही वृद्धि भएको बताए। एसाेसिएसनले पनि गुलाबको फूल उत्पादन बढाउनका लागि कृषकहरूसँग सहजीकरण गरिरहेको उनको भनाइ छ। 

एसाेसिएसनका महासचिव विश्वमणि पोखरेलका अनुसार नेपालमा मौसमी समस्याका कारण पनि पर्याप्त गुलाब उत्पादन हुन नसकेको हो। उनका अनुसार भारतमा टनेल तथा प्लास्टिकको घरभित्र व्यावसायिक रूपमा गुलाब उत्पादन गरिन्छ। नेपालमा भने भारतमा जसरी पर्याप्त मात्रामा गुलाबको व्यावसायिक खेती गरिएको छैन। ‘विगतका वर्षहरूको तुलनामा पछिल्ला वर्षहरूमा गुलाबको उत्पादन बढ्दो छ तर व्यावसायिक खेतीको अभ्यास भएको छैन,’ उनले भने, ‘जाडो मौसममा गुलाबलाई अली बढी स्याहार र तापक्रम बढी चाहिन्छ।’ उनका अनुसार नेपालमा फूल स्टक राख्नको लागि चिस्यान (कोल्ड स्टोर) पनि अभाव छ।

ad
ad