Skip This
ad
दूतावासका आपतकालीनबाहेकका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दूतावासका आपतकालीनबाहेकका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:४३:oo

अमेरिकाले युक्रेनमा रहेको अमेरिकी दूतावासका कर्मचारीलाई युक्रेन छाड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि जुनसुकै समयमा पनि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले दूतावासका आपत्कालीन सेवामा काम गर्नेबाहेकका कर्मचारीहरूलाई युक्रेन छाड्न निर्देशन दिएको हो । 

अमेरिकाले अबको केही दिनमै रसियाले युक्रेनमाथि आक्रमण गर्ने योजना बनाएको दाबी गरेको छ । यसैबीच शनिबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गर्ने बताइएको छ । 

त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले रसियाका परराष्ट्रमन्त्रीसँग शनिबार टेलिफोन वार्ता गर्ने बताएका छन् । उनले रसियाले युक्रेनमाथि आक्रमण गरे अमेरिका र यसका सहयोगी राष्ट्रहरूले रसियामाथि कडा आर्थिक प्रतिबन्ध लगाउने पनि दोहोर्याएका छन्। रसियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना बढेर गएको भन्दै बेलायत, जर्मनी, अस्ट्रेलियालगायतका देशहरूले पनि आफ्ना नागरिकलाई जतिसक्दो छिटो युक्रेन छाड्न निर्देशन दिइसकेका छन् । रसियाले पनि युक्रेनमा रहेका आफ्ना केही कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । 

अमेरिकाले रसियाले युक्रेनमाथि आक्रमण गरेको अवस्थामा युक्रेनस्थित अमेरिकी राजदूतावासको काम कारबाही प्रभावित हुने र आफ्ना नागरिकलाई युक्रेनबाट उद्धार गर्न नसक्ने यसअघि नै बताइसकेको छ । 

रसियाले युक्रेनको सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ। समस्या समाधानका लागि हालसम्म गरिएका कूटनीतिक प्रयासहरू असफल भइरहेका वेला बेलायत र अमेरिकाले रसियाले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै आएका छन्। रसियाले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने गरी तयारी गरिरहेको पश्चिमा गुप्तचर एजेन्सीले दाबी गरेका छन्। तर, उक्त दाबीलाई रसियाले भने अस्वीकार गर्दै आएको छ। 
 

ad
ad