१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २९ शनिबार ०६:०१:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हराएको मूर्ति भेटिएपछि उत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २९ शनिबार ०६:०१:००

ललितपुर सुनाकोठीको बालकुमारी मन्दिरबाट ९ माघको मध्यराति हराएको बालकुमारीको मूर्ति शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्पनजिकै करुणा मन्दिरको बाहिरपट्टि फेला परेको छ ।

एक महिलाले खबर गरेपछि पुगेको टोलीले बोरामा बेरेको अवस्थामा मूर्ति भेटाएको प्रहरी परिसर जावलाखेलका एसएसपी यज्ञविनोद पोखरेलले बताए । कसैले रातिको समयमा मूर्ति छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मूर्ति हराएको भोलिपल्ट स्थानीयले खबर गरेपछि प्रहरी परिसर ललितपुर, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र चापागाउँ वृत्तको विशेष टोली खोजीमा खटिएको थियो । १९ दिनपछि भेटिएको मूर्ति शुक्रबारै प्रहरीले गुठीलाई हस्तान्तरण गरेको छ ।

स्थानीयले बाजागाजासहित खुसियाली मनाउँदै बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् । पित्तल र सुनको लेपनसहित बनेको मूर्ति दुई फिट अग्लो र २५ केजीको छ । मूर्ति तीन सय वर्ष पुरानो भएको स्थानीयको दाबी छ । 

तस्बिर : संजित परियार/नयाँ पत्रिका