१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माताको भेषमा मूर्ति चोर्ने पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३o:oo

दाङको पर्यटकीय स्थल तुलसीपुर– १९ छिल्लिकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ।

माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रविर पुनले बताए।

उनका अनुसार आइतबार दिउँसो ३ बजेतिर मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो। ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर– १७ बनकट्टीनिवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो।

उनीहरू तीनैजनाले आफूहरू माता रहेको र भगवानले घण्टी मागेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन्। अध्यक्ष पुनका अनुसार उनीहरूलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ।  
 

ad
ad