१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

०७२ को भूकम्पले ढालेको गरुड मूर्ति पुनर्स्थापित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३६:oo

०७२ सालको विनाशकारी भूकम्पमा ढलेको हिटी–पोखरीको गरुड प्रस्तर मूर्ति प्रतिस्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनर्स्थापित गरिएको हो । यो काठमाडौं महानगरपालिका– १ मा पर्छ । 

भूकम्पको कम्पनले पोखरीछेउमा रहेको फल्चा भत्किनुका साथै मूर्ति ढालेको थियो । ‘मूर्ति पुनर्स्थापित भयो । अब फल्चा पुनर्निर्माण गराउँछौँ,’ वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुनर्स्थापना हाम्रो प्राथमिक काम हो ।’ मूर्ति राखेपछि पोखरीमा गहना थपिएको जस्तै भएको छ । वडासदस्य शुभरत्न खड्गीले भने, ‘काम ठूलो त होइन, तर महत्व ठूलो छ ।’

ad
ad