१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २७ बिहीबार १६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसइईको परीक्षा प्रदेशलाई सञ्चालन गर्न दिने तयारी : बोर्ड अध्यक्ष शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार १६:२९:oo

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईको परीक्षा प्रदेश सरकारलाई दिने गरी कानुन निर्माण भइरहेको बताएका छन्। बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन)ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन्।

उनले ऐनमा व्यवस्था नभई सबै कुराहरू प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेश सरकारले नै एसइईको परीक्षा लिने बताए। प्रदेश सरकारले सो अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्न सक्ने पनि उनले बताए।

‘कक्षा १० को परीक्षाको सन्दर्भमा स्थानीय तहबाट दिने भन्ने कुराहरू विगतमा पनि आएका थिए, त्यो भनेको कक्षा १० को परीक्षा प्रादेशिकस्तरबाट लिने भन्ने हो। त्यसैले प्रादेशिकस्तरलाई हेर्दा प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवज्यूसमेतको उपस्थितिमा हामीले हरेक प्रदेशस्तरका व्यक्तित्वसँग छलफल गरेका छौँ। अहिले हामी अबको परिस्थितिमा प्रदेशस्तरबाट नै सम्पूर्ण हिसाबबाट अहिलेसम्मको राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा कानुनमा व्यवस्था नगरीकन, ऐनमा व्यवस्था नभई सबै कुराहरू प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो छ,' अध्यक्ष शर्माले भने, 'हामीले कसरी कक्षा १० को परीक्षा प्रादेशिकस्तरबाट सञ्चालन गर्न सकिन्छ, प्रदेशले जिम्मेवारी लिन सक्छ भन्ने लाइनमा वर्कआउट गर्नलाई नीतिगत रूपमा र नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबबाट त्यो प्रक्रियालाई अघि बढाएका छौँ। प्रदेशले पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार कामहरू गर्न तयार रहेको कुरा गरेको छ।’