१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २५ मंगलबार ०६:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना सर्ट लिस्टमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २५ मंगलबार ०६:४७:००

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्ये पाँचजनाको नाम (सर्ट लिस्ट) सार्वजनिक भएको छ । बोर्ड अध्यक्ष छान्नका लागि बनाइएको अध्ययन समितिले कार्यमूूल्यांकन, योग्यताका आधारमा पाँचजनाको नाम सार्वजनिक गरेको हो ।

सर्ट लिस्टमा पर्नेहरूमा नीरज गिरी, कृष्णराज पोखरेल, रमेश हमाल, डा. गोपाल भट्ट र खगेन्द्र कटुवाल रहेका छन् । सर्ट लिस्टमा परेका हमाल पूर्वगैरआवासीय नेपाली हुन् भने भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

त्यस्तै, कटुवाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् भने गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उपकार्यकारी निर्देशक हुन् । सर्ट लिस्टमा पर्ने पाँचजनामध्येबाट तीनजनाको नाम मन्त्रिपरिषदमा पठाइनेछ ।