१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डको अध्यक्षका  लागि पाँचजना अन्तिम छनोटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३८:oo

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँचजना उम्मेदवारको नाम छनोट भएको छ । बोर्डका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम छनोट भएका छन् ।

जसमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समिति (हाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । अध्यक्षबाट रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन माग गरेको हो । त्यसको अन्तिम म्याद ३० फागुन थियो । म्यादभित्र १९ जनाले आवेदन दिएका थिए । 

तीमध्ये अहिले पाँचजना उम्मेदवार छनोटमा परेका हुन् । बोर्डका अनुसार सर्टलिस्टमा परेकामध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरिनेछ । र, ती तीनमध्ये एकजनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

ad
ad