१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अन्योलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:o५:oo

अध्यक्ष पदका लागि छनोट भएका पाँचजनाको बिहीबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता थियो, तर अर्थमन्त्री वर्षमान पुनको निर्देशनले रोकिएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रोकिएको छ । ‘सर्टलिस्ट’मा परेका पाँचजना उम्मेदवारलाई बिहीबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि समय निर्धारण भएको थियो, तर अर्थमन्त्री वर्षमान पुनको निर्देशनले रोकिएको छ ।

छनोट समितिले कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी, सन्तोष नारायण श्रेष्ठ, चिरञ्जिबी चापागाईं र मुक्ति श्रेष्ठको नाम सर्टलिस्ट गरेको छ । कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै, अधिकारी र श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् भने चापागाईं तत्कालीन बिमा समितिका अध्यक्ष हुन् । मन्त्रालय स्रोतका अनुसार सर्टलिस्टमा रहेका उम्मेदवार विभिन्न व्यवसायीनिकट रहेको भन्दै तत्काललाई अर्थमन्त्री पुनले छनोट प्रक्रिया रोकेका हुन् ।

छनोट प्रक्रिया अघि बढाएपछि अन्तिम समयमा आएर रोकिनुलाई गम्भीर रूपमा लिनुपर्ने अर्थ मन्त्रालयमा पूर्वसचिव गोपी मैनालीले बताए । सरकारले १५ फागुनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरी पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको छनोट समिति गठन गरेको थियो । 

 

ad
ad