मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २४ सोमबार १५:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा उपाध्यक्ष प्रधान भन्छन्– कमल थापा पार्टी फुटाउने पक्षमा छैनन् (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १५:१३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन्। थापाले सोमबार काठमाडौंमा आयोजना गरेका चियापान कार्यक्रममा सहभागी उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनी पार्टी एकताकै पक्षमा रहेको बताएका हुन्।

प्रधानले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूहरू प्रतिबद्ध रहेको पनि बताएका छन्। त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ छ।

‘उहाँले पार्टी फुटाउने सोच्नुभएस्तो मलाई लागेको छैन। महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो। त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ। हामी पार्टी एकताको पक्षमा छौँ। एकताबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछु,’ उपाध्यक्ष प्रधानले भने।