१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १६ आइतबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्मै रहन्छ : कांग्रेस नेता खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १६ आइतबार १८:०७:००

सत्तारुढ प्रमुख दल कांग्रेसका नेता दीपक खड्काले सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा खड्काले कांग्रेसले गठबन्धनमा रहेका दलहरूलाई निर्वाचनमा सँगै लिएर जाने सोच बनाएको बताएका हुन् । 

उनले संविधान र ऐनका बीचमा धेरै कुराहरु मिलाउनुपर्ने भए पनि निर्वाचनको मुखमा धेरै चलाउन नहुने बताए । खड्काले प्रमुख प्रतिपक्षी दल एमालेले संसद्लाई सुचारु गरेर मुलुकलाई निकास दिनुपर्ने पनि बताए । 

एमाले नेता शेरबहादुर तामाङले आगामी वैशाखभित्रै निर्वाचन गर्नुपर्ने बताए । वैशाखसम्ममा निर्वाचन गर्न सम्भव रहेको उनको तर्क छ । सरकारले छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्नुपर्ने माग उनले गरे । 

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले स्थानीय तह निर्वाचनको सम्बन्धमा संविधान र ऐन बाझिएको भन्दै ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले ऐन सच्याएर मात्रै निर्वाचन गर्नुपर्ने धारणा राखे । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनको पक्षमा हुनु सकारात्मक भएको बताए । स्थानीय तहको निर्वाचन जेठ ५ गतेभन्दा पछाडि लानु नहुने उनले बताए ।