१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १५ शनिबार १८:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई एमालेको अल्टिमेटम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार १८:२१:oo

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। शनिबार बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सोमबारसम्म निर्वाचनको मिति घोषणा नगरे सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। 

बैठकले २२ वटै जनसंगठनलाई परिचालन गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार भेटेर निर्वाचन घोषणा गर्न दबाब दिने युवा संघका इन्चार्ज महेश बस्नेतले बताए। सोमबारसम्म निर्वाचन घोषणा नगरे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न बस्नेतले बताए।

त्यस्तै, महँगी, भ्रष्टाचार, किसान आन्दोलनमाथिको दमन, खस्किदो अर्थतन्त्रलगायतका विषयलाई समेत समेटेर चुनाव घोषणा गर्न माग गर्दै जिल्ला सदरमुकाम घेराउ गर्ने र प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि बैठकले गरेको छ। सोमबार माइतीघर मण्डलामा प्रदर्शन गर्नेलगायतका कार्यक्रम एमालेले तय गरेको छ।