लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनको मतदानका लागि पालिका घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन् । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । सांसद चौधरी चढेको  बा.२झ ३४४४ स्कारपिओ  गाउँपालिका– १ कालाकाटे नजिक सुदूरपश्चिम- ०१००-११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोक्किएको थियो । 

सुझावित समाचार