Skip This
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान जारी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:२५:oo

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान  सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।  सुरुमा मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेललगायतले मतदान गरेर निर्वाचन कार्यको उद्घाटन गरिएको थियो । 

दुईवटा मतदान केन्द्र : निर्वाचनको नतिजा आजै आउने

मतदानका लागि दुईवटा मतदान केन्द्र तोकिएको छ ।  एउटा मतदान केन्द्रमा प्रदेश सभाका सदस्यले मतदान गरिरहेका छन् भने अर्को मतदान केन्द्रमा  पालिकाका प्रमुख तथा उपप्रमुखहरूले मतदान गरिरहेका छन् । मतदानका लागि १८ जना कर्मचारी परिचालन गरिएको छ । निर्वाचनको नतिजा आज नै  प्रकाशन गर्ने तयारी रहेको सूचना अधिकारी कुँवरले बताए । 

लुम्बिनीमा तीनजनाको लागि निर्वाचन भइरहेकाे छ । महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुँदै छ ।  निर्वाचनमा सत्तारुढ दलको तर्फबाट तीनजना र नेकपा एमालेको तर्फबाट तीनजना उम्मेदवारले उम्मेदवारी दिएका छन् । सत्तारुढ दलअन्तर्गत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा उम्मेदवार रहेका छन् । 

त्यस्तै, एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन् । लुम्बिनीमा प्रदेश सभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख दुई सय १५ गरी दुई सय ९६ मतदाता छन् । 

 

ad
ad