मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ११ मंगलबार १२:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै कलेज प्रशासनलाई कारबाही गर्न संयुक्त विद्यार्थी आन्दोलनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ११ मंगलबार १२:१८:००

संयुक्त विद्यार्थी आन्दोलनले मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा भएको प्रदर्शनमा भएको हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संयुक्त विद्यार्थी आन्दोलनले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।

संयुक्त विद्यार्थी आन्दोलनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएपछि सोमबार विराटनगरमा सिटी जुलुस निकालेको थियो। शान्तिपूर्ण आन्दोलनमा कलेज प्रशासनले भिजिलान्ते गुन्डा प्रयोग गरी आन्दोलनकारीहरूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाही गर्न माग गरिएको छ।

‘कलेज प्रशासनको संलग्नतामा भएको उक्त घटनाको घोर भर्त्सना गर्दै दोषी कलेज प्रशासनलाई हदैसम्मको कानुनी कारबाही गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘कलेज प्रशासनको यस्तै व्यवहार रहे इँटाको जवाफ पत्थरले दिइने पनि चेतावनी दिन चाहन्छौँ।’