१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १० सोमबार
  • Sunday, 06 July, 2025
एजेन्सी नयाँ दिल्ली
२o७८ माघ १० सोमबार १७:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतद्वारा अर्को मिसाइल परीक्षण

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ माघ १० सोमबार १७:१६:oo

भारतले भारतले ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ। उडिसाको सामुद्रिक तटबाट उक्त मिसाइल बिहीबार परीक्षण भएको रक्षा स्राेतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मिसाइल नयाँ प्राविधिक विकाससँग सुसज्जित रहेको तथा सफल परीक्षण भएको रक्षा अधिकारीहरूले जानकारी दिएका छन्। उडिसास्थित चण्डिपुर क्षेत्रको सामुद्रिक तटमा रहेको इन्टिग्रेटेड टेस्ट रेन्जबाट मिसाइल परीक्षण भएको थियो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले सम्बन्धित अधिकारीलाई मिसाइलको सफल परीक्षणका लागि बधाई दिएको रक्षा मन्त्रालयले जनाएको छ। 

दुई साताअघि भारतले भिसाखापटनमबाट  सुपरसोनिक क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको थियो। भारत र रुसले संयुक्त रूपमा मिसाइल तयार गरेका थिए। भारततर्फबाट यसका लागि डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले काम गरेको थियो। भारतीय नौसेनाका लागि यो मिसाइल महत्वपूर्ण उपलब्धि भएको विज्ञहरूले बताएका छन्।