प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण
प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ

फाइल तस्बिर

दाङको घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई पक्राउ गरी आजै घोराही ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले केहीबेरमा जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी यसबारे थप विवरण सार्वजनिक गर्ने बताए। प्रहरीका अनुसार परियार पुस ८ गते प्रहरीकै मोटरसाइकल प्रयोग गरी भारतीय सीमावर्ती क्षेत्रमा पुगेका थिए। उनी छालाको उपचार गर्न भनी कारागारबाट निस्किएका थिए।

कैदी नाइके परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले पुस ८ गते दिउँसो मोटरसाइकलमा लिएर अस्पताल गएका थिए। तर, उनीहरू त्यहीँबाटै भागेको प्रहरीले जनाएको छ। त्यसलगत्तै प्रहरीले खोजी कार्य बढाएको थियो। कारागारबाटै फरार परियारले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ८ वर्ष कैद भुक्तान गरिसकेका छन्। उनीमाथि जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो।

सुझावित समाचार