मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ १० सोमबार ०९:४७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

६ महिनामा ११ सय ६८ फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
२०७८ माघ १० सोमबार ०९:४७:००

चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा ११ सय ६८ जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरू साउनदेखि पुस महिनासम्ममा पक्राउ परेका हुन् । पक्राउ परेकाबाट प्रहरीले ६ सय ३२ वर्ष कैद भुक्तान गराउँदै चार करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । 

आव ०७७/७८ मा जम्मा चार सय ७५ जना फरार अभियुक्त पक्राउ परेका थिए । उनीहरूबाट पाँच सय ३७ वर्ष कैद सजाय र दुई करोड ६६ लाख ५० हजार रुपैयाँ जरिवाना असुल भएको थियो । आव ०७६/७७ मा जम्मा पाँच सय ७६ पक्राउ परेका थिए । उनीहरूबाट दुई सय ३५ वर्ष कैद सजाय र एक करोड ५२ लाख ७० हजार रुपैयाँ जरिवाना असुल भएको थियो । चालू वर्षको ६ महिनामा प्रदेश १ मा तीन हजार ६ सय २७ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले चालू अर्धवार्षिक अवधिमा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । 

जसमा भन्सार तस्करीतर्फ पाँच करोड ५८ लाख ८० हजार, नदीजन्य पदार्थ चोरीनिकासीतर्फ २० लाख १९ हजार, काठ चोरी तस्करीबाट ४४ लाख चार हजार र आठ करोड ५९ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।