मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक प्रहरीको इ–पे प्रणाली : जरिवाना अब सात ठाउँबाट तिर्न सकिने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १८:३४:००

ट्राफिक नियम उल्लंघनपछिको जरिवाना प्रभु–पेको ‘कि अस्क’ मेसिन प्रयोग गरी उपत्यकाभित्रका थप सात स्थानबाट तिर्न सकिने भएको छ । यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय बग्गिखानाबाट मात्रै तिर्न सकिने व्यवस्था थियो । 

महाशाखाले यो सेवा ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गठ्ठाघर, थापाथली, ट्राफिक प्रहरी वृत्त मालीगाउँ र दरबारमार्गमा विस्तार गरेकोपछि कारबाहीपछिको जरिवाना अन्य ठाउँबाट पनि तिर्न सकिने भएको हो । आइतबारबाट सुरु भएको यो सेवाबाट ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउने उद्देश्य राखिएको बताइएको छ । 

महाशाखा प्रमुख एसएसपी उमेशराज जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधिमातहतका ७ वटा कार्यालयहरूमा विस्तार गरिएको बताए ।