Skip This
ad
अब ‘पोसाक’मा कबाड व्यवसायी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब ‘पोसाक’मा कबाड व्यवसायी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:११:oo

दाङका कबाड व्यवसायीहरू अब पोसाकमा बजार घुम्ने भएका छन्। राप्ती कबाड व्यवसायी समिति दाङले समितिमा आबद्ध व्यवसायीलाई पोसाक वितरण गरेको छ। अन्य व्यक्तिले गरेको चोरीको आक्षेप कबाड व्यवसायीलाई लाग्ने गरेपछि समितिमा आबद्ध व्यवसायीलाई पोसाक वितरण गरिएको हो।

समितिका अध्यक्ष मञ्जित पुनका अनुसार सात सयभन्दा बढी घुमन्ते व्यवसायीलाई पोसाक वितरण  गरिएको छ। अहिले पनि कबाड व्यवसायीलाई हेर्ने दृष्टिकोण  फराकिलो हुन नसकेको भन्दै उनले व्यवसायीहरूलाई एकताबद्ध बनाउनसमेत पोसाकले भूमिका खेल्ने विश्वास व्यक्त गरे। पोसाक नहुँदा आफूहरूले दुःख  पाउने गरेको भन्दै अब त्यो समस्या हल हुने कबाड व्यवसायी रमजान दुनियाले बताए।

समितिले व्यवसाय गर्दा पोसाक नलगाए कारबाही गर्ने निर्णय भएको जानकारी गराउँदै सबै कबाड व्यवसायीलाई पोसाक लगाएर सामान खरिद गर्न अनुरोध गरेको छ। यस्तै पोसाक लगाएका व्यवसायीलाई मात्रै सामान बेच्नसमेत समितिले आग्रह गरेको छ।

ad
ad